शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक विद्यालयमा पढाइनुपर्ने

काठमाडौँ । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका अवसरमा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधार कसरी ?’ विषयक बहशमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले शिक्षक र अभियानकर्ताका छोराछोरी नै निजी विद्यालयमा पढाइँदा शैक्षिक व्यापारीकरणका लागि लाभ हुने बताए।

कार्यक्रममा सहभागीलाई ‘तपाईहरु कसकसका छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन्, ल हात उठाउनुस्, म एक मिनेटको समय दिन्छु’ भनी ढुङ्गानाले प्रश्न गर्दा एक जनाले पनि हात नउठाएपछि उनले प्रतिप्रश्न गर्दै भने, “अनि कसरी हुन्छ सामुदायिक विद्यालयको सुधार ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले शैक्षिक सुधारका लागि सरकारले पहल गरिरहेको र अभियानकर्ताले गुण र दोषका आधारमा मूल्याङ्कन गरिदिनुपर्ने बताए।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुका शैक्षिक र पेसागत मागहरुलाई सरकारले पूरा नगरेका कारण आन्दोलित हुनु परेको जनाए। एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले अग्रजका विचारले आफूहरुलाई प्रेरणा मिलेको र सामुदायिक विद्यालयको रुपान्तरणका लागि थप लागिने प्रतिबद्धता व्यक्त गरे।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित