मेलम्चीको पानी घर घरमा !

काठमाडौं। खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दावी गरेका छन्। सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन संघीय संसदका सांसदहरुलाई आग्रह गरे। आइतबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पुर्याउने दावी गरे।

सचिव ठाकुरले दशैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत मागेका थिए। उनले सुरुमा मेलम्चीको पानी पुरानै संरचनाबाट वितरण गर्ने जनाए। महाँकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ।

सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाईपलाईन विस्तारको काम सक्न लागिसकेको उल्लेख गर्दै त्यसमा भने पानी परीक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको उल्लेख गरे। मेलम्चीको पानी वितरणका लागि करिव एक हजार किलोमिटर पाईपलाईन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ। सचिव ठाकुरले सुरुका ४ महिना भने पुरानै संरचनाबाट पानी घरघरमा पुर्याउने र परीक्षण गर्दै नयाँ पाईपलाईनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिए।

काठमाडौंमा पानी आएको ६ महिना भित्र नयाँ संरचनाबाट घरघरमा मेलम्चीको पानीको व्यवस्था गर्ने सरकारको योजना छ। सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय जनताले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना पनि सार्वजनिक गरे। उनले विगतमा भएका कमीकमजोरीका कारण सो खानेपानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित