शुक्रबार बिहान ११ः३० बजेदेखि जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यसअघि गृह मन्त्रालयको निर्देशनमा उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू भएको थियो।
एसिया प्यासफिक समिटमा विभिन्न देशबाट विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार जोर बिजोर प्रणाली लागू गरिएको थियो।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू थिएन।





