आजदेखि जोर बिजोर प्रणाली लागू

काठमाडौँ । सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनका बेलाझै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ। आज बिजोर प्रणालीका गाडीहरु गुडन पाउन भएका छन्।

सडकको दुरावस्था तथा जामका कारण सास्ती भौग्दै आएका काठमाडौंका यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ। एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)को कार्यक्रमको लागि भनेर सरकारले यात्रुलाई दुःख दिने गरि जोर विजोर प्रणाली लागु गरिएको हो।

क्रिस्चीयन धर्मप्रचारक संस्था भनेर आरोप लाग्ने गरेको संस्था युनिभर्सल पिस फेडेरेसन युपिएफ आयोजक रहेको कार्यक्रममका लागि यस्तो प्रणाली लागु गरिएको हो।

एशिया प्याशिफिक समिट नाम दिइएको यस कार्यक्रमका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित