दैलेखमा जीप दुर्घटना ४ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

दैलेख । दैलेखको ठाँटिकाँध गाउँपालिकाको सुइयाँमा बुधबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा जीप चालकसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले डीसी नेपाललाई जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ठाँटिकाँध १ का ४५ वर्षीय राजेन्द्र शाही, ठाँटिकाँध ३ कै २४ वर्षीय निर्मल बम, ठाँटिकाँध २ का जीप चालक ३० वर्षीय रमेश शाहीको मृत्यु भएको छ ।

यस्तै घटनामा अन्य ४ जना पनि गम्भीर घाइते भएको डिएसपी पोखरेलले जानकारी दिए । उनले भने, ‘अरु जना पनि सिकिस्त छन्, उनीहरुलाई उपचारका लागि सुर्खेत लगिएको छ ।’ घाइते हुनेहरुमा ठाँटिकाँध १ का २८ वर्षीय शम्शेर बम, ठाँटिकाँध ४ का ३६ वर्षीय दिलिप शाही, २८ वर्षीया मनिषा शाही, र ३० वर्षीय जुद्ध सुजी घाइते भएका छन् ।

सुर्खेतबाट ठाँटिकाँधका लागि छुटेको भे १ च २२०७ नम्बरको बलेरो जीप सुइयाँमा दुर्घटनाग्रस्त भएको थियो । जीप सडकबाट करिब ४० मिटर तल खसेको डिएसपी पोखरेलले जानकारी दिए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित