टिभिको नक्कल गर्दा बालकको ज्यान गयो

भद्रपुर : टेलिभिजनमा देखाइने ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ ।

भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन् । मिश्र परिवारमा ५ वटा छोराछोरीमध्ये सचिन कान्छा हुन् । परिवारका अनुसार पढाइमा अब्बल उनले टेलिभिजनमा देखाइने हरेक दृश्य नक्कल गर्थे ।

खासगरी चलचित्र तथा विज्ञापनमा देखाइने हरेक दृश्य र ‘स्टन्ट’नक्कल गर्थे । अहिले पनि टेलिभिजनमा देखाइए अनुसार सिलिङमा झुन्डिराखेको अवस्थामा सचिनको मृत्यु भएको हो । हजुरबुवा देवीभक्तका अनुसार उनी टेलिभिजनको दृश्य नक्कल गर्दै झुन्डिने प्रयास गरेका थिए ।

टिभी अगाडी आमा र दिदीका ७ वटा सल थुपारेको, दुवै हात, कम्मर र घाँटीमा ३ वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा देखिएको मृतकका छिमेकी राम भारतीले बताए ।

‘सधैँ स्कुल जान्थ्यो गयो होला भनेर हामीले घरमा को छ भनेर वास्ता गरेनौँ,’ देवीभक्तले भने । चिया फ्याक्ट्रीमा काम गरेर फर्कँदै गर्दा छोरो झुन्डिएको अवस्थामा देखेपछि आमा देवी बेहोस् बनेकी छन् । मृतकको शव प्रहरीले पोष्टमार्टम गर्दा पनि घाँटीमा सल कसिएर निस्सासिएर मृत्यु भएको देखिएको बताइएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित