बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा आईतवार बिहान पिक अप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि जिल्लाको ताराखोला गाउँपालिका २ की २६ बर्षिय प्रविना मगर घाईते भएकी छिन् । तारखोलादेखी बागलुङ बजार आउँदै गरेको बा १५ च ३८२ नम्बरको पिकअप दुर्घटनामा परेको हो । घाईतेलाई उपचारकालागि धौलागिरी अञ्चल अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालरणसिंह राणाले बताए । दुर्घटनामा परेको पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणभने खुलेको छैन् ।





