युवकको हत्या गर्ने दुई जना पक्राउ

काठमाडौंँ – काठमाडौँ महानगरपालिका– ३२, गैरीगाउँमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ, तारकेश्वर नगरपालिका–७ का मनिष बानियाँ र महेश परियारलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । लागुऔषध राख्ने विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

बानियाँ र परियारले मोरङ, उर्लाबारी घर भई हाल काठमाडौँ, सुकुम्बासी टोल बस्दै आएका विक्की लिम्बूलाई शनिबार धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । उनीहरुले काठमाडौँ शान्तिनगरका अनिल श्रेष्ठलाईसमेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । श्रेष्ठको विर अस्पतालमा उपचार भइरहेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित