बागलुङ बडिगाड गाउँपालिका–२ मा शनिवार दिउँसो ग१०प६०४९ नम्वरको मोटर साईकल दुर्घटना भएको छ । दुर्घटनामा परी रुकुम जिल्लाको गरपालका २४ बर्षिय नवीन बुढाथोकी र गुल्मीको इस्मा गाउँपालिका–३ का ३५ बर्षिय योगराज खड्का गम्भिर घाईते भएका छन् । घाईते मध्य बुढाथोकीको खुट्टा र हातमा गम्भिर चोट लागेको छ भने खड्काको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । ग्वालीचौरदेखी खर्वाङका लागि हिँडेका उनिहरुको मोटरसाईकल अनियन्त्रीत भैई सडक देखी १ सय मिटर तल खसेको थियो ।
उनिहरुको ग्वालीचौर स्थित आले मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र पठाउने तयारी भैरहेको प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए । शनिवारको दिन घुम्नका लागि बडिगाड आएका उनिहरुको मोटर साईकल दुर्घटनामा परेको हो । दुर्घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





