काठमाडौँ — नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएपछि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । उनको मुटुको धमनी अवरुद्ध भएका कारण हृदयघात भएको बताइएको छ ।
कुन्दन काफ्लेका निकट विद्यार्थी नेता बलदेव तिमल्सिनाका अनुसार मुटुको धमनी अवरुद्ध भएका कारण उनलाई तीनपटक हृदयघात भएको चिकित्सकहरुले जानकरी दिएको बताए। उनका अनुसार अवरुद्ध धमनीलाई खुलाउन चिकित्सकहरुले अाकस्मिक शल्यक्रिया गरेका थिए। ‘शल्यक्रिया सम्पन्न भइसकेको छ। उहाँ अहिले खतरा मुक्त हुनुहुन्छ,’ उनले भने।
उनको स्वास्थ्य अवस्थाबारे चिकित्सहरुले भने थप केही बताइएका छैनन्।
कान्तिपुर





