श्रीमतीको हत्या गर्ने चेम्जोङ पक्राउ

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ ख्यारुपा सिरानमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रहारबाट सोही ठाउँ बस्ने बर्ष ३९ की ईन्द्रमाला चेम्जोङको मंगलबार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वर्ष ४२ को नर बहादुर चेम्जोङले धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । आफ्नै जेठी श्रीमतीको हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले बुधबार पाँचथरको मिक्लाजुङ गाउँपालिका १ ईलाम र पाँचथरको सिमाना पर्ने फुङसिङडाँडा जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका चेम्जोङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको पाँचथर प्रहरीले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित