Home > Blog > सडक दुर्घटनामा बाह्रको मृत्यु

सडक दुर्घटनामा बाह्रको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

कटाक, उडिसा – भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ । उहाँले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको समाचारमा जनाइएको छ ।

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिनुभयो ।

उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मृत्यु भएका व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिनुभएको छ ।

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गर्नुभएको छ । साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

बसमा करिब तीस जना यात्रु सवार थिए ।
रासस÷एएनआई

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1