आर्थिक अनियमितताको अभियोगमा जापानी कार उत्पादक कम्पनीका अध्यक्ष पक्राउ

बीबीसी । जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष तथा प्रसिद्ध व्यवसायी कार्लोस गोन हिरासतमा रहेको र उनीमाथि प्रहरी छानबिन चलिरहेको सो कम्पनीका प्रमुख कार्यकारीले पुष्टि गरेका छन्।

आकस्मिक रुपमा आयोजना गरिएको एउटा पत्रकार सम्मेलनमा निशान कम्पनीका प्रमुख कार्यकारी हिरोटो साइकावाले बिहीबार हुने कम्पनीको बोर्ड बैठकमा गोनको बर्खासीका लागि प्रस्ताव गरिने बताएका छन्। रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मिटसुबिशी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीका सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भेटिएको बताइएको छ।

एकजना व्यक्तिले त्यस्तो सूचना गोप्य रुपमा दिएपछि निशान कम्पनीका लेखापरीक्षकहरूले छानबिन थालेको सो कम्पनीका अधिकारीहरूले बताएका छन्। कैयौँ महिनासम्म उक्त आन्तरिक छानबिन चलेको बताइएको छ। उनीमाथि लागेका अभियोगहरू बारे निशानले थप जानकारी उपलब्ध गराएन। ब्राजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निशान तथा रेनो कम्पनीहरूलाई झण्डै टाट पल्टिनबाट जोगाउन सफल भएका भनेर परिचित छन्।

जापानी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार उनले सन् २०११ यता पाँच वर्षको अवधिमा उनले पाँच अर्ब जापानी यन (४ करोड ४० लाख अमेरिकी डलर) बराबरको रकमबारे पूर्ण जानकारी दिएका थिएनन् । तर यो पुष्टि हुन बाँकी छ।

निकै लामो समयसम्म उनले अनियमिततासम्बन्धी क्रियाकलापहरू गरेकोु विश्वास आफूलाई लागेको साइकावाले बताएका छन्। सन् २०१० यता जापानी कम्पनीहरूले १० करोड जापानी यनभन्दा धेरै पाउने कार्यकारी अधिकारीहरूको तलब खुलाउन आवश्यक पर्दछ।

उनी हिरासतमा परेपछि सेयर परिसूचकहरू झण्डै पन्ध्र प्रतिशतले तल झरेका थिए। निशान विश्वकै सबैभन्दा छैठौँ ठूलो कार उत्पादक कम्पनी हो र सन्डरल्याण्डस्थित उसको कार उद्योग यूकेकै सबैभन्दा ठूलो कार उद्योग हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित