राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१३ उदयपुरमा एक युवकको हत्या भएको छ।
उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आइतबार मृत्यु भएको हो। चन्दलाई आफन्तले उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल ल्याएका थिए।
चन्द सडक दुर्घटनामा घाइते भएको आफन्तले बताए पनि उनको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक डाँगीले बताए।
डिसी नेपाल





