Home > Blog > उपसभामुख तम्वाहाम्फेद्धारा किराँतीहरुलाई एक हुन आग्रह 

उपसभामुख तम्वाहाम्फेद्धारा किराँतीहरुलाई एक हुन आग्रह 

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
दिनेश कुमार परियार । लण्डन
बेलायत भ्रमणका क्रममा उपसभामुख शिवमायाँ तुम्वाहाम्फेले सबै किरातीहरुमा एक हुन जोड दिनुभएको छ ।  किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतले आईतबार फार्नबरोमा आयोजना गरेको १३४औं महागुरु फाल्गुनन्द जयन्ती समारोहमा उहाँले किराँत समुदायको पहिचानका लागि  एकताका साथ अघि बढन आग्रह गर्नुभयो ।  उहाँले राजनीतिक स्थिरता कायम भएकोले काम गर्न सजिलो भएको भन्दै ागरिकताका सवालमा बेलायती नेपालीहरुको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  कार्यक्रममा एनआरएनएका अध्यक्ष योग फगामीले प्रवासमा कला संस्कार संस्कृतिको लागि आफनो पहिचान कायम गर्ने नयाँ पुस्ताको उपस्थिति महत्वपुर्ण भएको बताए ।   कार्यक्रममा मुन्धुम गायक ब्रबिम शेर्माले मुन्धुम र मांगेनाको चर्चा गरे ।  किराँत याक्थुंग चुम्लुंग युकेका अध्यक्ष तिल बिक्रम संम्वाहाम्फेले फाल्गुनन्दको जयन्ती मनाउनु सकारात्मक काम भएको चर्चा गरे ।  कार्यक्रममा किराँत मांगहिमको निर्माणको लागि बिश्वासदीप तिगेलाले एकतोला सुन प्रदान गर्नुभएको थियो भने लिम्बु समुदायका उच्च शिक्षा हासिल गर्ने बिद्याथीहरुलाई प्रंशसापत्र पनि प्रदान गरिएको थियो ।
 संस्थाका अध्यक्ष राम कुमार सिंथेबेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव लाल लिंगदेनले  संचालन गरेका थिए ।  यसअघि महागुरुलाई सम्झने क्रममा  विश्व शान्ति तथा मानव एकताको लागि सेवापूजा तथा माङ्लाङ नाच नाचिएको थियो । 

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1