गोर्खा अनलाइन रेडियो यूके,
नेपालमा हुने गरेका बढ्दो बलात्कारका घटनाहरुलाई नियन्त्रण गर्न र बलात्कारीलाई सजायको भागीदार बनाउनुपर्छ भन्ने सोचका साथ ‘म्हेन्दु’ फिल्मका नायक दिपक डोटेल अगाडी बढेका छन् । बलात्कारीलाई सजाय दिलाउन र पीडितलाई न्याय दिलाउन सारकारले समेत आलटाल गरिरहेको अवस्थामा नायक डोटेलले बलात्कारको शिकार बनेकी १३ वर्षीय बालिका साबिना लामा ( लामा नानी ) का अपराधीहरुलाई पक्राउ गरि जेल सजायको भागीदार बनाउन सफल भएका छन् । हेटौडा घर भएकी सबिना लामा होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएकी र होटल मालिक वृन्दा सिम्खडा र होटलमा खाना खाने ग्राहक दिनेश श्रेष्ठको मिलोमत्तोमा उनि बलात्कारको शिकार भएकी थिइन् । मानसिक सन्तुलन बिग्रिएको बताउदै बलात्कारपछि पीडित सबिना लामालाई बुटवल लगेर छाडिएको थियो । नायक दिपक डोटेलले आफ्नो फेसबुकमा दिएको प्रत्यक्ष्य जानकारी अनुसार उक्त घटनालाई आफूले निकै निगरानी गर्दै आएको र अपराधीलाई कारवाही गराउन सफल भएकोमा खुसि ब्यक्त गरेका छन् । पीडित लामालाई केहि दिनमा नै बुटवलबाट झिकाउने प्रयास भएको र त्यसपछि सम्पूर्ण कुराहरुको जानकारी हुने पनि डोटेलले बताएका छन् । बालश्रम, बालशोषण र बलात्कारी विरुद्ध सबैले आवाज उठाउनको लागि पनि उनले आग्रह गरेका छन् । नायक दिपक डोटेल कला क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।
नायक दिपक डोटेलको फेसबुक लाइभ





