Home > Blog > बसको ठक्करबाट मृत्यु

बसको ठक्करबाट मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लमजुङ – बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु भएको छ ।

बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पु¥याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो ।

स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा खहरेखोलामा स्कुल बसले ठक्कर दिएको उहाँले जानकारी दिनुभयो ।

परिवारका सदस्य जिल्ला प्रहरी कार्यालयमा आउने क्रममा हुनुहुन्छ । “उहाँहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्छौं”, उहाँले भन्नुभयो ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1