गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाललाई लन्डनस्थित हिथ्रो विमानस्थलमा भव्य स्वागत गरिएको छ । बेलायतस्थित नेपालीहरुको पुरानो संस्था यती नेपाली एशोसिएसन तथा गैर आवासीय नेपाली संघ यूकेद्वारा संयुक्त रुपमा आयोजित एक च्यारिटी कार्यक्रममा सहभागी हुनको लागि नेपाल लन्डन आएका हुन् ।
नेपाललाई हिथ्रो विमानस्थलमा स्वागत गर्न वेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्री, प्रवासी नेपाली मंचका निर्वतमान अध्यक्ष रामशरण सिमखडा, कार्यक्रम संयोजक तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष उमेश मोक्तान, गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरु, पत्रकार लागायतका अन्य विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो । नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रमका सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य कलाकार मनोज गजुरेल, र मोडल मरिस्का पोखरेल समेत लन्डन लन्डन आइपुगेका छन् ।
यती नेपाली एशोसिएसन युकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उमेश मोक्तानका अनुसार नेता नेपालले यहिँ नोभेम्बर १७ शनिवारका दिन ग्रीनफोर्ड टाउनहलमा हुने च्यारिटी कार्यक्रमलाई सम्वोधन गर्ने छन् । साथै नेता नेपाल नेकपा निकट नेपाली जनप्रगतिशील मन्च र प्रवासी नेपाली मन्च बेलायतको आयोजनामा नोभेम्बर १८ आइतबारका दिन साँझ अल्डरसटस्थित एम्पायर हलमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् ।

तस्विर शिव भण्डारी





