Home > Blog > कालिगण्डकीमा बन्द भएको स्टिमर सेवा सञ्चालनमा

कालिगण्डकीमा बन्द भएको स्टिमर सेवा सञ्चालनमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

स्याङजा – वर्षातमा नदीको बहाव बढेसँगै बन्द भएको कालीगण्डकीको स्टिमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । नदीमा पानीको बहाव घट्दै गएकाले स्टिमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा ल्याइएको छ ।
जल यातायात सेवा सुचारु भएपछि गुल्मी, स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जल यातायतमा तीन जिल्लाबाहेक अन्य ठाउँबाटसमेत यात्रा गर्न आन्तरिक पर्यटक आउँछन् ।स्टिमर सञ्चालन भएपछि गुल्मी, स्याङ्जा र पर्वत जिल्लाका साथै बाग्लुङ्गका वासिन्दालाई पनि लाभ पुग्नेछ । सेतीबेणीदेखि मिर्मिसम्म ७ किलोमिटरको दुरीमा जल यातायात सञ्चालन हुन्छ ।
जल यातायतमार्फत दैनिक एक दर्जन स्टिमरबाट आवतजावत गर्ने गर्दछन् । व्यावसायिक रुपमै कालिगण्डकी जल यातायात र शालिग्राम जल यातायत मार्फत स्टिमर सञ्चालनमा आएका छन् । यस क्षेत्रमा २०५६ देखि स्टिमर सेवा सञ्चालनमा आएको स्थानीय टीकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको छ ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1