महाकवि देवकोटाका नाममा बिजुली महसुल बक्यौता

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ ! काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ । त्यहाँ कोही बस्दैन ।

प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन् । तर, बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ । उनको ग्राहक नम्बर ००३.०६.२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।

देवकोटाको घरमा बत्ती भने बल्दैन । बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ । दशकौँ बित्दा पनि उनको परिवारले विद्युत् ग्राहक नम्बर नामसारी गरेको छैन । घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ । ‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ’, महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन् ।

रिमालका अनुसार भूकम्प अघिसम्म परिवारले महसुल तिर्दै आएको थियो । मान्छे बस्न छाडेपछि भने बक्यौता तिरिएको छैन । पटकपटक भन्दा समेत बिजुलीको लाइन नकाटिएको परिवारको गुनासो छ । परिवारले नामसारी नगर्दा र प्राधिकरणले विद्युत् नकाट्दा नेपाली साहित्यका धरोहरको नाममा हरेक महिना बिल उठ्ने गरेको हो ।

प्राधिकरणले घरमा कोही नभएकाले नियमित मिटर रिड गर्न नपाएको बताउँछ । प्रक्रिया पु‍¥याएर आए लाइन काट्न कुनै समस्या नरहेको अर्यालले बताइन् ।

काठमाडौँ खानेपानी लिमिटेडले पनि देवकोटाका नाममा नियमित बिल पठाइरहेको छ । घरबारे स्थानीय र देवकोटा परिवारबीच मुद्दामामिला समेत भइरहेको छ । स्थानीयले उनको घरबाट ढल हाल्न पाउनुपर्ने भन्दै परिवारविरुद्ध मुद्दा हालेका छन् ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित