संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका सहसचिवहरूलाई आयोगको सचिव रहने गरी खटाएको हो।
राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुश्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ, थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
आयोगहरूमा प्रशासनिक कार्य सञ्चालन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट आइतबार सचिव खटाएको हो। खटाइएका सबै सचिवहरू यसअघि मन्त्रालयमा सहसचिव थिए।
सेतोपाटी





