कैलाली। धनगढी बसपार्कमा एक बसका सहचालक मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा ना ४ ख ४२६४ नम्बर बसका सह-चालक मोहन बोहरा मृत फेला परेका हुन् । डीएसपी हरि ओलीका अनुसार उनीसँग भेटिएको मजदुरको परिचय पत्रमा बाजुरा ढाडाकोट ७ ठेगाना उल्लेख छ ।
उनको बायाँ पट्टी कम्मरमा धारिलो हतियारको चोट देखिएकाले मारिएकाे हुनसक्ने प्रहरीले अाशंका लिएकाे छ । बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् । बिहीबार रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिएकाे हुनसक्ने प्रहरी अाशंका छ ।
बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार बिहान करिब ८ मृत अवस्थामा फेला परेका थिए । प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिइएकाे डीएसपी अाेलीले बताए । शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पतालमा राखिएकाले पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने डीएसपी अाेलीले बताए ।
डिसी नेपाल





