अमेरिकामा ट्रम्पलाई धक्का

एजेन्सी। अमेरिकाको मध्यावधिक चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको छ । माथिल्लो सदन सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्या्टिक पार्टीले बहुमत ल्याएको हो ।

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेमोक्रेटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो ।

सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ । तल्लो सदनमा भने डेमोक्र्या्टिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का भएको छ ।अमेरिकाको तल्लो सदनको इतिहासमा पहिलो महिला सभामुख बनेकी उनी फेरि उनी सभामुख बन्दै छिन् ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावपछिको भएको पहिलो चुनावमा डेमोक्रेटिक पार्टीले राम्रो प्रदर्शन गरेको हो । यो चुनावमा महिला प्रतिनिधिहरु बढी विजयी भएका छन् ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित