Home > Blog > निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु

निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

निसीखोला गाउँपालिकामा भीरबाट लडेर एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ भल्कोटका ३८ वर्षीय गणेश घर्ती मगर रहको प्रहरीले जनाएको छ । सोमबार साँझ घरदेखि टाढा रहेको गोठमा रहेका गाईवस्तुलाई घाँसपात गरेर घर फर्किंदै गर्दा भीरबाट लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–६ का वडा सदस्य हेमबहादुर बुढा मगरले जानकारी दिए । उनी भीरबाट करिब २० मिटर तल खसेका थिए । उनको शव मंगलबार मात्रै फेला परेको प्रहरीले जनाएको छ । घर्तीलाई साँझ अबरेसम्म परिवारले पर्खिएको र फोन गर्दा पनि नउठाएपछि परिवारका सदस्यहरु खाना खाएर सुतेको बताइएको छ। बिहान अबेरसम्म पनि नआएपछि उनकी श्रीमती र स्थानीयले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा भीरको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1