Home > Blog > बस दुर्घटना हुँदा २६ जना घाइते

बस दुर्घटना हुँदा २६ जना घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

चितवन। भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो। बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1