Home > Blog > लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

पर्वत – प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1