प्रहरी बिटलाई मोटरसाइकल

भद्रपुर – भद्रपुुर नगरपालिका–७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडावासीको आर्थिक सहयोगमा आइतबार वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ ।

वडाको सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई रु दुई लाख २५ हजार मूल्य बराबरको मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकाले नगरवासीलाई सुरक्षाको प्रत्याभूति गराउने गरी गार्मेन्ट चोकमा डेढ महीनाअघि प्रहरी बिट राखिएको थियो ।

नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले आइतबार वडामा एक कार्यक्रमको आयोजना गरी मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभयो ।

सो प्रहरी बिटमा दुई जना प्रहरी २४ सैँ घण्टा रहने गरेको प्रहरी उपरीक्षक ढकालले कार्यक्रममा जानकारी दिँदै मोटरसाइकलका लागि आवश्यक इन्धनको व्यवस्था जिप्रकाले गर्ने बताउनुभयो । मोटरसाइकल खरीद गर्न सबै रकम वडावासीबाट सङ्कलन गरिएको वडाध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित