गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, लोक तथा दोहोरी गायिका कला पंगेनी हिन्दूहरुको महान पर्व तिहार लगायतका आउंदै गरेका अन्य विभिन्न चाडपर्वहरु मनाउनको लागि लन्डन आएकीछन । यसघि पनि नारीहरुको महान पर्व तीजको कार्यक्रमको अवसर पारेर गायिका कला लन्डन आएकी थिइन् । सोहि अवसर पारेर उनको आफ्नै तीज गीत चिटिक्कै मलाई सुहायो बोलको गीतको म्यूजीक भीडीयोको पनि नेपाली दूतावास लण्डनमा विमोचन गरिएको थियो । बेलायतका विभिन्न तीज कार्यक्रमहरुमा सहभागी भइ छोटो समयमा नै नेपाल फर्केकी कलाले यसपटक पनि आफ्नो लन्डन बसाइका क्रममा बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई भरपुर मनोरंजन दिलाउने बताएकीछन ।
“यसपाली लण्डनमा भाइटीका लगाउने अवसर पनि मिलेको छ,आफ्ना माइतीहरुसंगको भेटघाटले नेपालमा नै रहेर तिहार मनाएको अनुभव हुने गायिका कलाले बताएकी छन्” । नेपाली लोकदोहोरीको क्षेत्रमा एक दशक भन्दा बढी कृयाशील रहेर आफूलाई सफलताको शिखरमा पुर्याउन सफल गायीका हुन कला पंगेनी । उनले २०७२ सालमा सम्पन्न रमपम बिन्ध्यबासिनी म्युजिक अवार्डमा गुन्द्री तानेर बोलको भाका मार्फत बर्षको सर्वउत्कृष्ठ लोक दोहोरी गायिकाको उपाधि हात पार्न सफल भएकी थिइन् । बोले हुन्न र’ बोलको गीतबाट औपचारिक सांगीतिक यात्रा गरेकी गायिका कलाले स्कुलमा पढ्दादेखि नै स्टेजमा गीत गएर थुप्रै पुरस्कारहरु हात नापारेकी भने हैनन् । हिजोआज कला विशेषगरी स्टेज कार्यक्रमहरुमा व्यस्त रहँदै आएकीछन । गायिका कला पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला, पन्चे बाजा, रत्यौली लगायतका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् ।





