‘प्रविधिको विकासमा सरकारको जोड’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिको विकासमा जोड दिएको बताएका छन्।

मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन सरकारले विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर विभिन्न कार्यक्रम संचालन गरिरहेको दाबी समेत गरे। शुक्रबार इन्टरनेट सोसाईटी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न सरकारले प्रविधिको विकासमा जोड दिएपनि त्यसलाई अघि बढाउन भने सहज नभएको पनि स्पष्ट पारे।

विज्ञान तथा प्रविधिको विकास नेपालको लागि सपनाको विषय भएको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसलाई पूरा गराउन सरकारले शैक्षिक जनशक्ति प्रक्षेपणका लागि उच्च स्तरीय निर्देशक समिति समेत बनाएको पनि स्मरण गराए।

मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले १० बुदे मार्ग चित्रनै सार्वजनिक गरेको पनि उल्लेख गरे। कार्यक्रममा इन्टरनेट सेवाको उपयोगका विविध विषयमा पनि छलफल गरिएको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित