सय रुपैयाँ जरीवाना बुझाउन नसक्दा जेल चलान !

अछाम । मदिरा सेवन गरी बजारमा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका मंगलसेन–७ का जड्फे जैसी जरीवानाबापतको १ सय रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन् ।

स्थानीय प्रशासन ऐन–२०२८ को दफा ९ (१) बमोजिम तिर्नुपर्ने १ सय रुपैयाँ तिर्न नसक्दा जैसी चार दिनका लागि जेल चलान भएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

जरीवानावापत जिल्ला प्रशासन कार्यालयले तोकेको १ सय रुपैयाँ बुझाउन नसक्दा उक्त जरीवानाबाट कट्टी हुनेगरी जेल भुक्तान गर्नुपर्ने अवस्था आएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी करिब ८ः३० बजेतिर जैसीले उक्त नगरपालिका–६ को ठूलासेन बजार र घरमा गालीगलौज र होहल्ला गरेकाले नियन्त्रण लिएर कारबाही भएको डीएसपी शाहीको भनाइ छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित