काठमाडौँ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरन हिजो राती ११ बजे काठमाडौं आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले स्वागत गरेका थिए। आज विहान १० बजेबाट सुरु हुने मन्त्री स्तरिय बैठक अगाडि साढे आठ बजे उनले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ।
यस्तै मन्त्री कुलासेगरनले दिउँसो पाटन दरबार र नारायणहिटी दरबार संग्राहलयको अवलोकन समेत गर्ने छन्।
डिसी नेपाल





