Home > Blog > चन्द्रागिरीमा विश्वकपको ट्रफी

चन्द्रागिरीमा विश्वकपको ट्रफी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।

चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ ।

शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने आइसीसीले जनाएको छ ।

निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गर्न लागिएकाे विश्वकप क्रिकेटको ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियाे ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1