गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, तिजको गीत गायिकाको रुपमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका सुनिता दुलालले तिहारको पूर्व सन्ध्यामा देउसी भैलो गीत लिएर आएकीछन । पछिल्लो समयमा दोहोरी ब्याटल र बोल माया जस्ता लोकप्रिय गीतबाट चर्चित बनेका प्रकाश सपुतको शब्द संगीत तथा कृष्ण बि.क. “भान्जा” को संगीत संयोजन रहेको ‘उज्यालो तिहार’ बोलको गीतमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले साथ् दिएका छन् । कमलादेवी डिजिटको प्रस्तुति रहेको उक्त द्यौसी भैलो गीतको म्यूजिक भीडियोमा गायिका सुनिता दुलाल गायक प्रकाश सपुतका साथमा लक्ष्मी गिरी, सुवर्ण दुलाल थापा, राजेश कार्की गायतका कलाकारको अभिनय रहेको छ । परम्परागत शैलीमा आधारित यस गीतको म्यूजिक भीडीयोमा पुस्कर विवेक थापाको कोरियोग्राफी, मधुर बस्नेतको छायांकन, प्रविन भट्टको सम्पादन तथा देबेन्द्र बब्लुको निर्देशन रहेको छ ।
“उज्यालो तिहार” देउसी भैलो गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=h46JOylZ6r4[/embedyt]





