काठमाडौं। सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन्।
सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि कोर्ट मार्सल गर्न लागिएको हो।
कारबाहीमा परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन्।
मानवधिकार उललंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लघंन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसार लगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत , पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ।
काराेवार दैनिक





