‘काजी रोशन साहित्य पुरस्कार’ पौडेललाई

बागलुङ – काठमाडौँका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धौलागिरि साहित्य प्रतिष्ठानले २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्र्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि रु १५ हजार छ ।

पुरस्कार यसै महीना प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । प्रतिष्ठानले प्रत्येक दुर्ई वर्षमा राष्ट्रियस्तरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि १३ साहित्यकारले उक्त पुरस्कार पाइसक्नु भएको छ । साहित्यकार पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविताहरू’ (कविता सङ्ग्रह) लगायत कृति प्रकाशित छन् । उहाँ अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठानलगायत साहित्यिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित