काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य पुन बढेको छ। आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। हिजो तेजाबी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ७५० रुपैयाँमा कारोबार भएको छ। यसअघि चाँदी ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
डिसी नेपाल ,





