हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन सम्पन्न

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०७५ साल असोज २७ गते सम्पन्न भएको छ । अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको छ ।
समितिको सदस्यमा डोलिन खत्री, तनमती रोका, बम कार्की, अभिनाश आचार्य, विनोद पौडेल, विष्णु वैरागी, सरिता गौतम, कमला आचार्य, खिम पून ,लक्ष्मी परियार रहेका छन् । एक सदस्य पछि मनोनित हुने गरी पद रिक्त राखिएको छ।
अधिवेशनको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशन र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार तथा अन्वेषक प्रेम छोटा, म्याग्दी साहित्य संचार म्याग्दीका घायल श्री ,सरु पौडेल, राजिव सङघर्षी, दिनेश विकल्प, राजन प्रभात, तनमति रोका, गोविन्द सुवेदी, डोलिन चिन्तन लगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए ।
कार्यक्रम हातेमालो साहित्य सङ्गमका अध्यक्ष याम रोका चिन्तनको अध्यक्षता, उपाध्यक्ष सरु पौडेलको स्वागत र सचिव मगर प्रेमको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित