गोर्खा नालाइन रेडियो यूके,
सुरक्षाको कारण देखाउँदै सार्वजनिक नगरिएको श्रीपेच झन्डै १२ वर्षपपछि आजाबाट सार्वजनिक हुने भएको छ । नारायणहिटी संग्रहालयमा राखिएको उक्त श्रीपेचलाई सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नेछन भने साथमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिती रहनेछ । श्रीपेचसंगै राजदण्ड लगायतका अन्य सामग्रीहरु पनि राखिनेछ । राजतन्त्रको अन्त्यसँगै तत्कालीन राजा ज्ञानेन्द्रले नारायाणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहलयमा रूपान्तरण गरिएको थियो । २०६५ फागुन १५ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खुला गरिए पनि श्रीपेच भने सार्वजनिक गरिएको थिएन । श्रीपेचको सबैभन्दा आकर्षण पछाडि झुन्डिएको कल्की ‘बर्ड अफ प्याराडाइज’ नामको चराको पुच्छर हो । जुन चरा निकै दुर्लभ छ । यस्तै श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा प्रयोग गरिएको छ । श्रीपेचमा हीराबाहेक मणिक, नवरत्न, सुन पनि मिसिएको छ । राणा प्रधानमन्त्रीदेखि राजासम्मले प्रयोग गरेको यो श्रीपेच ततकालीन् राजा ज्ञानेन्द्रले नारायहिटी छाड्ने वेला नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।
आजबाट श्रीपेच सर्वसाधारणको लागि सार्वजनिक
आजबाट श्रीपेच सर्वसाधारणको लागि सार्वजनिक
तपाईको प्रतिक्रिया





