गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाली दूतावास लण्डनमा शुक्रबार साँझ नेपालीहरुको विभिन्न चाडपर्वहरुलाई लक्षित गरि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेपालीहरुका महान चाडहरु विजय दशमी, दीपावली, छट, जितिया,म्हपूजा, नेपाल संवत, योमरी पुन्ही, ल्होछार, उधौली तथा माघीपर्व लगायतका सम्पूर्ण चाड पर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान गरियो । कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वन तथा वातावरण शक्ति बस्नेत, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, सर्वोच्च अदालतका न्यायधिश आनन्द मोहन भट्टराई, प्रोफेसर सूर्य सुवेदी, वरिष्ठ गायिका मीरा राना, म्यूजिक नेपालका प्रमुख सन्तोष शर्मा, काउन्सिलर, गैर आवासीय नेपाली संघ यूके अध्यक्ष योग कुमार फगामी तथा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, कलाकार, पत्रकार लागायत बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
शुभकाना आदान प्रदान गर्ने क्रममा प्रमुख अतिथी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र थियो यादवले स्वदेश तथा विदेश जहाँ बसेपनि आफ्नो धर्म संस्कृति र परम्परालाई निरन्तरता दिंदै अघि बढ्नुपर्ने र आफ्नो संस्कृति र पहिचानलाई बचाएर राख्नुपर्ने धारणा राखेका थिए । उनले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा एकता नेपालमा रहेको बताए । उनले नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनको परिणाम संघीय संविधान भएको बताए । यादवले नयाँ सोचका साथ नयाँ यात्रा शुरु भएको बताउँदै अन्य मुलुकको प्रयोग हेरेर अगाडि बढ्नु पर्ने बेला आएको बताए ।
शुभकामना मन्तव्यका क्रममा वातावरण मन्त्री शक्ति वन तथा बस्नेतले नेपालीहरुका चाडपर्व दशैं, तिहार, छठ लगायतका पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने भएकाले यस्ता पर्वहरुको समाजमा महत्वपूर्ण भूमिका रहेको बताएका थिए । नेपाल र नेपाली जैवक, सामाजीक र संस्कृतिक विविधताको हिसाबले सम्पन्न रहेको र त्यो निया सबैभन्दा ठूलो पूँजी रहेको बताएका थिए । बेलायतवासी नेपालीहरुले आफूसंग रहेको ज्ञान, अनुभव र सिप साधनलाई नेपालमा लगेर सदुपयोग गर्नको लागि पनि आग्रह गरेका थिए । सर्वोच्चा अदालतका न्यायधिश डा आनन्दमोहन भट्टराईले ठूलो मेहनत र परिश्रम पश्चात समावेसी संविधान बनेको तर भाषामा केहि कमि कमजोरीहरु भए पनि आधारभूत कुराहरु भने दरिलो रहेको बताए । उनले नेपालमा सात वटा संविधान बनिसक्दा पछि मुलुकी ऐन संसोधन हुन सकेको थिएन्, अहिले सबै पक्षको सहयोगबाट विस्तृत कानूनी संरचना बनाउन सफल भएको जनाए ।
तेस्तै पहिलोपल्ट बेलायतमा आउने अवसर प्राप्त गरेका पूर्व मन्त्री अशोककुमार राईले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बेलायतमा एउटा नेपाल रहेको अनुभूती गर्दै दूतावासले गरेको उक्त कार्यक्रमको प्रशंसा गरेका थिए । दशैंदेखि नेपालीहरुका विभिन्न चांडपर्वहरुको शुभारम्भ हुने र यी चाडपर्वहरु नेपाली संस्कृति र प्रकृतिको प्रतिविम्व भएको बताएका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले विविधताबीचको एकता एकता बेलायतस्थित नेपाली समाजको विशेषता भएको बताउंदै नेपाली संस्कार, भाषा तथा भेषभूषा लाई जगेर्ना गर्न नेपाली संघसंस्थाहरु सक्रिय रहेको र दूतावासले पनि सक्दो प्रोत्साहन दिंदै आएको बताएका थिए ।
सरदराज आरनद्वारा संचालन गरिएको उक्त कार्यक्रममा नेपालको विविधता झल्काउने संस्कृतिक कार्यक्रमको आयोजना गरि विभिन्न नेपाली मौलिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो | गायीका मीरा राणाले बनेको छ पहराले यो छाती मेरो, मखमली चोली चाहिदैन जस्ता गीत गएकी थिइन् भने सयपत्री नेपाली संस्कृतिक समूह यूकेद्वारा सयथरी बाजा एउटै ताल, झाँगड नाच, तामांग सेलो. डेउडा, मैथिली र कौडा झ्याउरे गीतमा नृत्य प्रस्तुत गरिएको थियो । तेस्तैगरि राजदूत सुवेदीद्वारा रचना गरिएको गीत ‘मेरा सारा सपनाहरु बसाई सरे तिमीसंग’ बोलको गीत बिसी राईले प्रस्तुत गरेका थिए । जुन गीत भर्खरैमात्र वोमोचन गरिएको निर्मम यादहरु नामक एल्वममा समावेस गरिएको छ । सोहि अवसरमा पर्वतारोहण क्षेत्रमा तीनवटा किर्तिमान कायम गर्न सफल भै गिनिज बुकमा नाम लेखाउने निर्मल पुर्जा लगायत सहभागी कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । बाँकी फोटो हेर्नुहोला</strong>
कार्यक्रमको पूरा भीडीयो हेर्नुहोला ।






