Home > Blog > गैर आवासीय नेपाली संघको १५ वर्षदेखिको सपना पूरा

गैर आवासीय नेपाली संघको १५ वर्षदेखिको सपना पूरा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरेको छ । तीन रोपनी क्षेत्रफलमा करीब रु २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । एनआरएनका तत्कालीन अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिनुभयो । एनआरएनको आफ्नै भवनमा बस्ने १५ वर्षदेखिको सपना पूरा भएको भन्दै उहाँले सन् २००३ मा एनआरएन स्थापना भएदेखि नै आफ्नै भवन बनाउने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । भवनमा सुविधासम्पन्न कन्फ्रेन्स हल, लाइब्रेरी तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राखिने योजना छ । अध्यक्ष भट्ट, संरक्षकहरु डा उपेन्द्र महतो, डा घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी एनआरएनको झण्डोत्तोलन गर्नुभएको थियो । अर्का संरक्षक डा घलेले भवनलाई भवनको रूपमा सदुपयोग गर्दै एनआरएन ज्ञान र सीप आदनप्रदान तथा देशको आर्थिक विकासमा लगानी प्रवद्र्धन गर्न भवन उपयोगी बन्ने धारणा राख्नुभयो । संरक्षक लामिछानेले लामो समयको प्रयासपछि आफ्नै भवनमा सर्न पाउनु गौरवको दिन हो भन्नुभयो । विश्वका ७९ मुलुकमा फैलिएको एनआरएनमा ७० हजार भन्दा बढी सदस्य रहेका छन् । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको औपचारिक उद्घाटन गरिने एनआरएनले जनाएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1