ब्राह्मण र दलित समुदायले राखे सामूहिक जमरा

बेत्रावती । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् ।

बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत नीरञ्जना मन्दिरमा यो वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ’, पुजारी पौडेलले भने, ‘यसको पूजाआरधना र जल पनि आलोपालोरुपमा चढाउने गरिएको छ ।’
नुवाकोट, रसुवा र धादिङका नौ कोटमध्ये बेलकोटगढी एक कोटका रुपमा महत्वपूर्ण मानिन्छ । नीरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठका रुपमा समेत परिचित छ । बडादशैँमा काठमाडौँ हनुमानढोकाको बैद्धिक विधिअनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।

सामूहिक जमराले गाउँमा छुवाछूत प्रथाविरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको सामूहिक जमरा राख्नुभएका भीमबहादुर नेपालीको भनाइ छ । उनका अनुसार स्थानीय विश्वकर्मा, मिजार, नेपाली लगायत थरका १८ घरपरिवारसहित ब्राह्मण, क्षेत्री समुदायले एकै नीरञ्जना भगवति मन्दिर परिसरस्थित कोटघरमा जमरा राखेका छन् ।

मन्दिरमा सामूहिक जमरा राख्नेदेखि पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि परम्परा धान्न समस्या भइरहेको वडा नं १० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताए । ‘स्थानीय तह स्थापनापश्चात् बेलकोटगढी नगरपालिकाबाट सहयोग जुटाउन थालिएको छ’, वडाध्यक्ष त्रिपाठीले भने, ‘रु एक लाख बजेट छुट्याएकाले परम्परा र संस्कृतिको संरक्षण गर्न सहयोग पुगेको छ । ‘

उनका अनुसार बेलकोटको पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका अधिकांश घरको जमरा सामूहिक रुपमा मन्दिरमा नै राख्ने गरिएको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित