Breaking News
Home > Blog > अस्ट्रेलियामा नयाँ आप्रवासीलाई सहर बस्न नदिइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई सहर बस्न नदिइने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बीबीसी । अस्ट्रेलियाको सरकारले नयाँ आप्रवासीलाई सिड्नी र मेल्बर्नमा नभएर अन्य साना राज्य र ग्रामीण क्षेत्रमा मात्रै बस्न दिने प्रस्ताव सार्वजनिक गरेको छ।

जनसङ्ख्या मन्त्री एलन टजका अनुसार अस्ट्रेलियाका ती दुई सहरको चाप घटाउन र अरू क्षेत्रको विकासलाई सघाउन त्यस्तो नीति ल्याइएको हो।

प्रवेशाज्ञाका शर्तहरूमार्फत् केही आप्रवासीलाई ठूला सहरमा नभएर अन्यत्र बसोबास गराउन सकिने उनले बताएका छन्। तर केही विज्ञहरूले त्यस्तो नीति कार्यान्वयन गर्न र उद्देश्य हासिल गर्न त्यति सहज नहुने धारणा व्यक्त गरेका छन्।

अहिले अस्ट्रेलियाको कुल दुई करोड ५० लाख जनसङ्ख्यामध्ये झन्डै ४० प्रतिशतको बसोबास सिड्नी र मेल्बर्नमा छ। विश्वब्याङ्कका अनुसार अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदर संसारभरि ७७ औँ स्थानमा छ।

विकसित राष्ट्रहरूको सङ्गठन ओईसीडीका सदस्यमध्ये अस्ट्रेलियाको वृद्धिदर सर्वोच्च हो। गत वर्ष सो दर १.६ प्रतिशतले बढेको थियो।

अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदरमा आप्रवासनको ठूलो भूमिका रहेको छ। विदेशबाट आएका अधिकांश मानिसहरू प्रायः मेल्बर्न, सिड्नी र दक्षिणपूर्वी क्वीन्स्ल्यान्डमा बस्ने गरेको सरकारले जनाएको छ।

त्यसैले मेल्बर्न र सिड्नीमा भौतिक पूर्वाधारका समस्या र धेरै भिड हुनथालेको छ। ती प्रत्येक सहरको जनसङ्ख्या सन् २०३० सम्ममा ८० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1