काठमाडौं । गत जेठमा दैलेखको गुराँस गाउँपालिकाले फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटेलाई अस्थायी परिचय पत्र दियो । परिचय पत्र पाएपछि राउटे सो गाउँपालिकामा स्थायीरुपमा बस्ने अनुमान गरिएको थियो । तर, राउटे भने सो परिचय पत्र त्यागेर सुर्खेतको लेकबेसी गाउँपालिका पुगेका छन् ।
उनीहरुले परिचयपत्र घरमा राखेका कारण बाँदर नमरेकोसमेत विश्वास गर्दै परिचयपत्र नै त्यागे । राउटेलेहरु धामी,झाँक्री, टुनामुनामा र अपशकुन जस्ता विषयमा कट्टर विश्वास गर्छन् ।
त्यही अन्धविश्वासका कारण उनीहरुले परिचयपत्रले गर्दा बाँदर नमरेको र भोकै बस्नुपरेको विश्वास गरे । अनि परिचयपत्र पनि त्यागे वासस्थान पनि परिवर्तन गरे ।
काठका भाँडाकुँडा बनाएर अनाजसँग साटेर गुजारा चलाउँदै आएका राउटेहरु विभिन्न एनजिओको कारण अहिले काठको कामसमेत गर्दैनन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ता र एनजिओहरुले दिने सहयोगबाट उनीहरु गुजारा चलाउँछन् । र कहिलेकाही त चोरी पनि गर्छन् ।
एनजिओहरुले रुपैयाँ दिएपछि उनीहरुमा नयाँ लत शुरु भएको छ, त्यो हो सरकारी निकायमा गएर पैँशा माग्ने अनि त्यहि पैशाले मदिरा सेवन गर्ने । एजिओले राउटेहरुलाई सहयोग गरेको दावी गरे पनि राउटेहरुको समस्या भने झन बढेका छन् ।
राउटे खेति गर्न मान्दैनन्, काठका काम गर्न अल्छि लागिसक्यो । अब उनीहरुको दैनिक गुजारा मागेर हुने गरेको छ ।
हाल दैलेखकी सत्यदेवी अधिकारीको नेतृत्वमा गठन भएको एउटा संस्था छ राष्ट्रिय राउटे उत्थान प्रतिस्ठान । यो संस्थाले राउटेबारे गरिने सरकारी गतिविधिमा आफ्नो शेयर खोज्ने गरेको एक जानकार बताउँछन् ।
यस्तै अर्को संस्था सामाजिक सेवा केन्द्रले भने विगत ४ महिनादेखि राउटेसँग सम्बन्धित काम गरिरहेको छ ।
दशैं आएसँगै पैंसाको जोहो गर्न राउटे मुखिया अन्य तीनजना राउटेसहति काठमाडौं आउँदैछन् । उनीहरु मंगलबार अबेरसम्म राजधानी पुग्ने बताइएको छ । राउटे मुखिया हरीबहादुर शाही राजधानी आएर प्रधानमन्त्री केपी ओलीसँग भेट्ने बताइएको छ । राउटेहरु धेरै पटक राजधानी आएर प्रधानमन्त्रीलाई भेटिसकेका छन् ।
डिसी नेपाल