बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ लामागाउँस्थित ठूलो गहिरो जङ्गलमा आज मानव कङ्काल फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले रुखमा नाइलनको डोरीमा हड्डीको सानो भाग अड्किएको र जमिनमा हड्डी मात्रै थुप्रिएर रहेको अवस्थामा फेला परेको जानकारी दिए।
प्रहरीले सो क्षेत्रबाट मानव कङ्कालको हड्डी, निलो रङको ट्र्याकसुट, प्लास्टिकको कालो रङको जुत्ता, कालो रङको खाली झोला फेला पारेको छ।
प्रहरी उपरीक्षक खड्काले भने, “घटनास्थलको अवस्था हेर्दा पुरुषको जस्तो देखिन्छ, फेला पारिएका कङ्काल परीक्षणको लागि काठमाडौँस्थित फरेन्सिक मेडिसिन विभाग, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएका छौँ।”
डिसी नेपाल





