चन्द्रका भजनको म्याग्दीमा विमोचन

बेनी ,म्याग्दी – जलजला गाउँपालिका ३ मल्लाजका चन्द्रबहादुर लामीछानेद्धारा लिखित भजन संग्रह ‘चन्द्रका भजन’को शनिबार बेनीमा विमोचन गरिएको छ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वर क्षेत्रलाई समेटेर लामीछानेद्वारा लिखित भजन संग्रहको गण्डकी प्रदेशका सदस्य बिनोद केसीले विमोचन गरेका थिए ।
अनेसास धौलागिरी र लायन्स क्लव अफ बेनी म्याग्दीको सहयोगमा म्याग्दी साहित्य सञ्चारले आयोजना गरेको कार्यक्रममा सांसद केसीले साहीत्य समाजको बिम्ब भएको बताउँदै भजन संग्रहले धार्मीक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली, माउण्ट एभरेष्ट माविका प्रिन्सिपल त्रिदेव उपाध्याय, गलेश्वर मा .वि तोरीपानीका प्र.अ रामप्रसाद सुवेदी र नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले शुभकामना मन्तव्य ब्यक्त गरेको कार्यक्रममा गणनाथ पौडेलले भजन संग्रहको समिक्षा गरेका थिए । म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भुषालको स्वागत, उपाध्यक्ष सन्दिप खत्रीको सञ्चालन र कोषाध्यक्ष हिरा शर्माको अध्यक्षता रहेको सो कार्यक्रममा स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित