प्रधानमन्त्रीको ओलीको अध्यक्षतामा गठित समितिमा एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने’

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन । प्रधानमन्त्री केपी ओलीको अध्यक्ष्यतामा गठित एक उच्चस्तरीय समितिमा गैर आवासीय नेपाली संघको पूर्व अध्यक्षद्वय डा. उपेन्द्र महतो र जीवा लामिछाने परेका छन् । निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न गठित एक उच्चस्तरीय समितिमा सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग, वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन गरेको हो । समितिको सदस्यहरुमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब, अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचार्इमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा पूर्व अर्थसचिव रामेश्वोर खनालको संयोजकत्वमा गठित आर्थिक सल्लाहाकार परिषदमा समेत रहेर काम गर्ने अवसर पाइसकेका जीवा लामिछाने यसपटक गठित समितिमा पनि सम्मिलित भएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा ‘उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्’ गठन हुनु स्वागतयोग्य कदम भएको र यस परिषदको सदस्यमा चयन हुनुलाई आफूले सम्मानका रुपमा लिएको लामिछानेले बताएका छन् । निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्ने उद्देश्यलेउद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्’ गठन भएको कुरा संचार माध्यमबाट जानकारी पाएको छु, तर संस्थागत प्रतिनिधिका रुपमा गैरआवासीय नेपाली संघको अध्यक्षलाई समेत यस परिषदमा समावेस गरिनु पर्ने लामिछानेको राय छ ।
उक्त समितिको पदेन सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघकी पूर्व अध्यक्ष लता प्याकुरेल, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपालका अध्यक्ष र महिला चेम्बर अफ कमर्शका अध्यक्ष छन् । निजी क्षेत्रबाट सुरज वैद्य, जगदीश अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित