दुर्घटना न्यूनीकरणका लागि महाअभियान

भद्रपुर – पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ ।
आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो ।
चार चरणमा सञ्चालन हुने महाअभियानको शुभारम्भ अवसरमा मङ्सिर ४ गते नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यले लाइभ कन्सर्टको तयारी गरेको छ ।
प्रदेश सरकार तथा प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सहारा नेपालसहित झापाका १० सङ्घसंस्थाले गर्ने महाअभियानमा रु पाँच करोड खर्च हुने संयोजक गिरीले बताउनुभयो ।
दोस्रो चरणमा चैत मसान्तसम्म प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० मोटरसाइकल, १० ब्रेथलाइजर मेशिन, १० राडारगन, तीन जेब्राक्रस मार्किङ मेशिन र केही थान वाकीटकी सेट प्रदान गरिने बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित