क्यान्सर पीडित बालकलाई सहयोग

काठमाडौँ । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ।

चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण श्रेष्ठ तथा सुशीला श्रेष्ठको पाँच वर्षीय छोरा साइरसलाई रु ८५ हजार ५०१ सहयोग प्राप्त भएको हो। उक्त रकम पीडित बालकका माइजु किशोरी श्रेष्ठलाई युवा समाजसेवी उमेश केसीले हस्तान्तरण गरे।

पीडित बालकको हाल कलकत्ताको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। साइरसलाई उपचार गर्न करीब रु ४० लाख लाग्ने अस्पताल स्रोतले जनाएको समाजसेवी केसीले जानकारी दिए। बालकको उपचारबापत हाल करीब रु आठ लाख प्राप्त भएको केसीले बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित