Home > Blog > बडा दशैंको अवसरमा छक्का पन्जा ३ बेलायतमा प्रदर्शन गरिंदै

बडा दशैंको अवसरमा छक्का पन्जा ३ बेलायतमा प्रदर्शन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, चर्चित हाँस्य सिरिज नेपाली ‘चलचित्र छक्का पन्जा ३’ दशैंको टीकाको भोलिपल्ट नै बेलायतवासी नेपालीहरुले हेर्न पाउने भएका छन् । उक्त चलचित्रलाई दशैंको अवसर पारेर अक्टुबर १६ फूलपातीका दिनबाट प्रदर्शन गर्न लागिएको हो । नेप्लिज इन्टरटेनमेन्ट यूकेको आयोजनामा उक्त चलचित्रलाई आगामी अक्टुबर २० तारिख शनिबारका दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा पहिलो प्रदर्शन गर्न लागिएको हो । दिपाश्री निरौलाद्वारा निर्देशित यो चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, लक्ष्मी गिरी, किरण केसी, शिवहरी पौडेल, अनुराग कुँवर, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । यस अघिका छक्का पन्जाका सिक्वेलहरुमा हास्य व्यंग्यलाई मात्र प्राथामिकता दिइएको भएपनि यसपटकको चलचित्र भने चलचित्र संदेशमूलका पनि रहेको बताइएको छ । चलचित्र छक्का पन्जा ३ लाई विदेश प्रदर्शन (ओभेसिज राइट्स) का लागि हाइलाइट्स नेपालले १ करोड मूल्य तिरेको छ । तर यस चलचित्रको लागि युट्युब राइट्स भने विक्री गरिएको छैन । छक्का पन्जा ३ को ‘पहिलो नम्बरमा’ बोलको गीत निकै हिट बनिसकेको छ । यसपटक सिनेमाको फस्टलुकमा मुख्य कलाकारको रुपमा रहेकी प्रियंका कार्कीले स्थान पाएकी छैनन् भने पोष्टरमा अभिनेता दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ र अभिनेत्री दीपिका प्रसाई मात्र छन् । गरेको यो फिल्ममा संगीत अर्जुन पोखरेल र दीपक शर्मा, छायांकन पुरुषोत्तम प्रधानको रहेकोे छ। यस चलचित्रलाई बेलायतका अन्य विभिन्न भागहरुमा पनि प्रदर्शनी गरिने आयोजक मध्यका विरेन खड्काले जानकारी दिएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1