पोखरामा जारी टेनिस प्रतियोगितामा : कमल र दिलीपबीच भिडन्त

पोखरा । पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ।

कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। यस्तै मोहन्तीले नेपालका महेश श्रेष्ठलाई ७–६, ४–६ र ६–३ ले हराए।

त्यस्तै ५५ वर्षमाथिको एकल प्रतिष्पर्धामा कमल थापाले भारतका आदित्य कर्नानीलाई ६–३ र ६–१ को सोझो सेटमा पन्छाउँदै फाइनलका लागि स्थान सुरक्षित गरे। उपाधिका लागि थापाले कृष्णराज घले र पोखराका अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको डबल्समा भारतका अभिनास कुँवर र दिलीप मोहन्ती फाइनल प्रवेश गरेका छन्। कुँवर र मोहन्तीको जोडीले नेपालका कमल भण्डारी र महेश श्रेष्ठको जोडीलाई ६–४, २–६ र १०–८ ले पराजित गरे।

त्यस्तै पोखराका धरमबहादुर लामिछाने र भारतका सुरेन्द्रसिंह ढोंढीको जोडी पनि फाइनल पुगेको छ। लामिछाने र ढोंढीको जोडीले पोखराकै गोपीबहादुर भट्टराई र शरण गुरुङको जोडीलाई ६–१ र ६–१ ले पराजित गरे।

यस्तै ४५ वर्ष माथिको डबल्समा भारतका पवन जैन र नारायण मूर्ती फाइनलमा पुगेका छन्। सो जोडीले नेपालका सुवर्ण ढाक्वा र प्रताप मोक्तानको जोडीलाई ६–१ र ६–४ को सेटमा पराजित गरे। यस्तै ५५ वर्ष माथिको डबल्समा भारतकै अरुण अग्रवाल र सुरेन्द्र मुर्ताजीको जोडीले नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। सो जोडीले पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–४ र ६–२ ले तथा राणा र जैनको जोडीले कमल थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

विभिन्न उमेर समूहका सेमिफाइनल खेल आज हुने आयोजक सङ्घ कास्कीका सदस्य प्रिती बरालले जानकारी दिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित